अब बलात्कारको दृश्य भएको फिल्म गर्दिनँः शक्ति कपूर


‘आऊ…’ भनेर हिन्दी फिल्ममा खलनायकको भूमिका निभाउने शक्ति कपुरले बलात्कारको दृश्य भएको फिल्ममा अभिनय नगर्ने निर्णय गरेका छन् ।

बलिउडमा करिब पाँच दशक बिताएका शक्ति कपुरले आफ्नो करियरमा खलनायकको धेरै भूमिका निभाएका छन् ।

उनले बीबीसीसँग फिल्मी क्षेत्रको अनुभवबारे कुराकानी गरेका छन् ।

शक्तिले भने, ‘म पुराना दिनलाई निकै याद गर्छु । मलाई त्यो समयको दोस्रो प्राण, दोस्रो अमजद र दोस्रो प्रेम चोपडा हेर्न मन लागेको छ । त्यतिबेलाका भिलेनको एटिट्युड नै भिन्न हुन्थ्यो जब उनीहरु फिल्ममा एन्ट्री गर्दथे । एउटा स्टाइल हुन्थ्यो । त्यतिबेलाका प्रत्येक फिल्ममा बलात्कारको दृश्य हुन्थ्यो । मलाई संक्षेपमा बताइन्थ्यो कि तपाईंको फिल्ममा बलात्कारका तीन दृश्य छन्, चार फाइट छन् र क्लाइमेक्समा हिरोले तपाईंलाई मार्नेछन् ।’

तर शक्ति कपुरलाई बलात्कारको दृश्य गर्दा कस्तो लाग्थ्यो ? यसको जवाफ दिँदै उनले भने, ‘मैले फिल्ममा बलात्कारको दृश्य कम गरेको छु किनभने मलाई त्यो अचम्मको लाग्थ्यो ।’

‘बलात्कार अघि भिलेनको खुङ्खार हाँसो’

शक्ति कपुर भन्छन्, ‘बलात्कार अघि भिलेनको खुङ्खार हाँसो । यस्तो कहिले हुन्छ र ? मलाई निकै अचम्म लाग्थ्यो । अब बलात्कारको दृश्य भएको फिल्मको अफर आयो भने फिल्म नै छोडिदिन्छु ।’

 

शक्ति कपुरलाई दर्शकले सुरुमा भिलेन र ९० को दशकमा हास्यकलाकारको रुपमा अपनाए ।

६ सय बढी फिल्मको हिस्सा बनेका शक्ति कपुर आफूलाई भाग्यमानी ठान्छन् । उनी भन्छन्, ‘भगवानले मलाई धेरै कुरा दिनुभएको छ । फिल्मी यात्रामा विभिन्न वरिष्ठ कलाकारको आशिर्वाद रह्यो । यसमा सुनिल दत्त, फिरोज खान र विनोद खन्नालगायत समावेश छन् ।’

शक्ति कपुर जब फिल्मी क्षेत्रमा आएका थिए तब उनको नाम सुनिल थियो जुन केही समयका लागि करण बनाइयो । पछि सुनिल दत्त र नरगिसले उनको नाम परिवर्तन गरिदिए ।

जब शक्ति कपुरसँग काम थिएन तब सुनिल दत्तले उनलाई प्रति महिना १५ सय भारु दिन्थे । विनोद खन्नाको घरमा शक्ति करिब पाँच वर्षसम्म बसे । एक कार दुर्घटनामा शक्तिको भेट फिरोज खानसँग भयो र त्यसपछि उनले फिल्म ‘कुर्बानी’ पाए । यो फिल्मका कारण शक्तिले पहिचान पाए ।

के शक्ति कपुर किताब लेख्नेछन् ?

‘लेख्दिनँ’ । शक्ति कपुर आफ्नो फिल्मी यात्राबारे कहिले पनि किताब लेख्नेछैनन् ।

यसको कारण बारे उनी बताउँछन्, ‘मलाई लाग्छ कि यसले धेरै मानिसलाई समस्यामा पार्न सक्छ ।’

आफ्नो फिल्मी करियरमा श

 

क्ति कपुरले लगभग सबै ठूला कलाकारसँग काम गरेका छन् । यद्यपी, एउटा यस्ता कलाकार छन् जोसँग काम गर्न नपाउँदाको पिडा आफूलाई जिन्दगीभर रहने उनी बताउँछन् । ती कलाकार थिए राज कपूर ।

विगतका स्टारडमबारे शक्ति कपुर भन्छन्, ‘राजेश खन्नाको फ्यान फलोविङ अन्धा हुन्थे । फिल्म ठिकैको भएपनि हिट हुन्थ्यो । आज यस्तो समय छैन । नराम्रो फिल्मलाई फ्यानले माफ गर्दैनन् । आज त्यस्ता स्टार कहाँ छन् ? मैले आजको समयमा कसैमा पनि धर्मेन्द्र, राजेश खन्ना, राज कपुर वा शम्मी कपुर देख्दिनँ ।’

शक्ति कपुर भन्छन्, ‘आजकालका नायिकामा त्यो अबोधपन छैन जुन मधुबाला, मीना कुमारी वा माला सिन्हामा थियो । ती अभिनेत्रीमा पवित्रता झल्किन्थ्यो । उनी घरकी बुहारी, बहिनी, छोरी सबै भूमिकामा फिट देखिन्थे ।’

शक्ति कपुरका अनुसार श्रद्धा कपुर र आलिया भट्टमा मात्र त्यो अबोधपन छ र उनीहरुले निकै कमालको काम गरिरहेका छन् ।

आफ्नी छोरी श्रद्धा कपुरलाई मीना कुमारीसँग तुलना गर्दै शक्ति भन्छन्, ‘मीना कुमारीको अभिनयमा वास्तविकता देखिन्थ्यो । ‘साहब, बीबी और गुलाम’ मा उनी तड्पिएको देखिइन् । श्रद्धाको फिल्म आशिकी–टुमा जुन पीडा देखिएको थियो त्यसले तपाईंको आङ सिरिङ्ग बनाइदिन्छ । आजको समयमा त्यस्तो अभिनय कमै देख्न पाइन्छ ।’

लामो समयपछि शक्ति कपुर र गोबिन्दा एकसाथ फिल्म ‘रंगिला राजा’ मा देखिनेछन् ।

यी दुईले राजा बाबू, कुली नम्बर–वानजस्ता हिट फिल्ममा सँगै काम गरेका छन् । बीबीसी हिन्दी/ सुप्रिया सोगले  


प्रकाशित : २०७५ मंसिर ५, बुधबार ०८:३९ गते

धेरै पढिएको

ताजा समाचार