नायिका अक्सराको गोप्य तस्वीर लिक भएपछि ब्वाईफ्रेण्ड अाए अनुसन्धानकाे घेरामा!


काठमाडौं – बलिउडकी नायिका कमल हसनकी छोरी अक्सरा हसनकोको गोप्य तस्बिर बाहिरिएपछि उनी तनावमा परेकी छन्। अक्सरा हसनले आफ्नो निजी तस्विर लिक भएपछि मुम्बाई प्रहरीको साइबर सेलमा उजुरी दिएकी छन् । उजुरी प्राप्त भएलगत्तै प्रहरीले पूर्व ब्वाईफ्रेण्ड तनुज विरवानीसँग सोधपुछ गरेको छ ।

अनुसन्धानकै क्रममा अक्षराका पूर्व ब्वाईफ्रेण्ड तनुज विरवानीसँग प्रहरीले सोधपुछ गरेको हो । अक्षरा र तनुज २०१३ देखि २०१७ सम्म रिलेशनशिपमा रहेका थिए । अक्षरा २०१३ सम्म आईफोन ६ प्रयोग गर्थिन् । जसमा यी तस्बिर थिए । अनुसन्धानका क्रममा ती तस्बिर अक्षराले २०१३ मा नै तनुजसँग शेयर गरेकी थिइन् ।

‘यो तस्बिरहरु मेरो लागि मात्र थिए मैले लीक गरेको छैन । तस्बिर हेरीसकेपछि मैले डिलीट गरेको थिए’ तनुजले भनेका छन्, ‘मैले पनि अक्षरालाई आफ्ना तस्बिर पठाएको थिए । त्यो समय तस्बिर मात्र नभएर एसएमएस पनि एक्सचेन्ज हुने गरेको थियो । जुन फोनमा अक्षराले तस्बिर पठाएकी थिइन् त्यो टुटीसकेको छ ।’

अक्सराको गोप्य तस्बिर इन्टरनेटमा केही दिन अगाडि भाइरल भएको थियो । बलिउडमा चलचित्र ‘समिताभ’बाट प्रवेश गरेकी अक्सराको यो तस्बिरले सामाजिक संजालमा तहल्का नै मच्चाएको छ।


प्रकाशित : २०७५ मंसिर ३, सोमबार १८:२८ गते

धेरै पढिएको

ताजा समाचार