विवादस्पद निर्णय दिने रेफ्री पाण्डेलाई एन्फाको कारबाही,रेफ्री गर्न प्रतिबन्ध


काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत त्रिभुवन आर्मी र न्युरोड टिम ९एनआरटी०बीचको खेलमा विवादस्पद निर्णय गरेका रेफ्री सुदिश पाण्डे कार्वाहीमा परेका छन् । पाण्डेलाई एन्फाको लिग आयोजक कमिटीले १४ खेलसम्म रेफ्री हुन नपाउने गरी कारवाही गरेको हो ।लिगको पहिलो खेलमा एनआरटीले २–१ को अग्रता लिइरहेको थियो । इन्जुरी समयको अन्तिम समयमा पाएको फ्रि–किकमा त्रिभुवन आर्मीले बराबरी गोल फर्काउँदै अंक लिएको थियो । त्यही खेलमा अंक बाड्नु परेपछि एनआरटीले रेफ्री पाण्डेलाई कारवाही नगरे लिगमा नखेल्ने चेतावनी दिएको थियो । तथापी एन्फाका महासचिव इन्द्रमान तुलाधरले यो आन्तरिक कुरा भएको बताए ।


प्रकाशित : २०७५ मंसिर २, आईतवार १९:१४ गते

धेरै पढिएको

ताजा समाचार