६ वर्षपछि एसियामा इङ्ल्यान्डले जित्यो टेस्ट सिरीज


काठमाडौं । श्रीलंका भ्रमणमा रहेको इंग्ल्यान्डले एक खेलअघि नै टेष्ट क्रिकेट सिरिज जितेको छ । योसँगै ६ वर्ष पछि एसियमा इङ्ल्यान्डले सिरीज जित्न सफल भएको हो । यस अघि सन् २०१२ मा भारतमा इङ्ल्यान्डले सिीज जितेको थियो । दोस्रो टेष्ट खेलमा घरेलु टोली श्रीलंकालाई ५७ रनले पराजित गर्दै इंग्ल्यान्डले सिरिज आफ्नो कब्जामा बनाएको हो । ३०१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले चौथो दिनसम्ममा ७ विकेटको क्षतिमा २२६ रन बनाएको थियो भने जितको लागि ७५ रनको आवश्यकता थियो ।तर, पाचौं दिनमा ७ विकेटको क्षतिमा २२६ रनदेखि नै ब्याटिङ थालेको श्रीलंकाले थप १७ रन बनाउँदा ३ विकेट गुमायो । श्रीलंकाले सबै विकेटको क्षतिमा २४३ रन मात्रै बनाउन सकेपछि इंग्ल्यान्डले सहज जित निकालेको हो ।श्रीलंकाका लागि एन्जेलो मेथवसले ८८ र करुणरत्नेले ५७ रन बनाएका थिए । बलिङतर्फ इंग्ल्यान्डका ज्याक लिचले ५ र मोइन अलीले ४ विकेट लिएका थिए । यसअघि आफ्नो पहिलो इनिङ्समा भने श्रीलंकाले ३३६ रन बनाएको थियो ।इंग्ल्यान्डले आफ्नो पहिलो इनिङ्समा २९० रन र दोस्रो इनिङ्समा सबै विकेटको क्षतिमा ३४६ रन बनाएपछि श्रीलंकाले ३०१ रनको लक्ष्य पाएको थियो । इंग्ल्यान्डका लागि कप्तान जोइ रुटले शतकसहित १२४ रन बनाएका थिए ।बलिङतर्फ श्रीलंकाका अकिला दनन्जयले ६ विकेट लिएका थिए ।


प्रकाशित : २०७५ मंसिर २, आईतवार १८:४४ गते

धेरै पढिएको

ताजा समाचार