सहिद स्मारक ए डिभिजन लिग : थ्रीस्टारको शानदार जित


काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टारले ब्रिगेड ब्वाइज क्लबमाथि शानदार जित हात पारेको छ ।आइतबार भएको खेलमा थ्रीस्टारले ब्रिगेड ब्वाइजमाथि ५–१ को फराकिलो जित हात पारेको हो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा थ्रीस्टारले नवौं मिनेटमा रजिन धिमालको गोलबाट अग्रता लिएको थियो । बाँकी चार गोल भने दोस्रो हाफमा भयो ।
खेलको ५१ औं मिनेटमा सुनिल बलले गोल गरे । खेलको ७४ औं मिनेटमा ब्रिगेड ब्वाइजले गोल गरे । तर, थ्रीस्टारका लागि ८४ औं मिनेटमा रञ्जन विष्ट, ८९ औं मिनेटमा निराजन खड्का र इन्जुरी टाइममा विक्रम लामाले गोल गरे । लामा चोटमुक्त भएपछि ८ महिनापछि मैदान फर्किएका हुन् ।


प्रकाशित : २०७५ मंसिर २, आईतवार १८:३१ गते

धेरै पढिएको

ताजा समाचार