फिल्म ‘साँइली’ को फ़्रस्ट लुक्स सार्वजनिक:-
नेपालि फिल्म ‘साँइली’को प्रथम मुहार सार्वजनिक छ । सार्वजनिक गरिएकोमा पोस्टरमा ‘साँइली’को रुपमा अभिनेत्री मेनुका प्रधान देखिएकी छिन भने साँइलाको रुपमा नायक गौरव पहारी प्रस्तुत भएका छन् ।
सार्वजनिक भएको पोस्टरले ‘साँइली’को भूमिका झल्काउँछ । सार्वजनिक गरिएको पोस्टरमा ‘साँइली’ खेतमा धान झारिरहेकी देखिएकी छिन । उनी खेतीपाती गरेर विदेश रहेका श्रीमानलाई पर्खिरहेकी छिन् । मुहारमा मुस्कान छ । लामो कपाल अर्को आकर्षणको कुरा छ ! पोस्टरको तलतिर ‘चालिस कटेसी रमाउँला’ भन्ने स्लोगन पनि उल्लेख गरिएको छ ।
फिल्म ‘साँइली’ मा कालिप्रसाद बाँस्कोटाको संगीत तथा हेमन्त राणाको स्वर रहेको सुन ‘साँइली’ गीत सर्वाधिक रुचाइएको गीत हो । यही गीतको सफलतापछि फिल्म निर्माण गरिएको हो भन्ने कुरा बाहिर आएको छ ।
फिल्मलाई रामबाबु गुरुङ्गले निर्देशन गरेका हुन् । ‘साँइली’ मा मेनुका र गौरवसँगै अभिनेता ‘दयाहाङ राई’को भूमिका पनि मुख्य रहेको छ । छायाँकन सकेर पोस्ट प्रोडक्सनमा रहेको यो फिल्म चैत १५ गतेदेखि प्रदर्शनमा आउँदैछ । ‘साँइली’ जीएच इन्टरटेनमेन्टको प्रस्तुतीमा बनेको फिल्म हो ।




