आर्इपीएलमा सन्दीप दिल्लीमै,गम्भीर र म्याक्सवेल आउट !


एजेन्सी – आउँदो संस्करणको आईपीएलका लागि दिल्ली डेयरडेभिल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई रिटेन गरेको छ । रिटेन गरिएको पक्का भए पनि कति रकममा सम्झौता भएको भन्ने खुलिसकेको छैन । गएको संस्करणमा सन्दीपलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । अक्शनअगावै शिखर धवनलाई सनराइजर्स हैदराबादबाट टिममा भित्र्याएको दिल्लीले कप्तान गौतम गम्भीर र अष्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेललाई टिमबाट मुक्त गरेको छ ।यस संस्करणका लागि दिल्लीमा थुप्रै खेलाडी परिवर्तन भएका छन् ।

रिटेन गरिएका खेलाडी
श्रेयस अय्यर, पृथ्वी श, रिशभ पन्त, मनजोत काल्रा, कोलिन मुन्रो, क्रिश मोरिस, जयन्त यादव, राहुल तेवतिया, हर्शल पटेल, अमित मिश्रा, कगिसो रबाडा, ट्रेन्ट बोल्ट, सन्दीप लामिछाने, अवेश खान

रिलिज गरिएका खेलाडी
गौतम गम्भीर, जेसन रोय, गुरकीरत मान, ग्लेन म्याक्सवेल, मोहम्मद शामी, ड्यान क्रिस्टियन, सायन घोष, लियाम प्लंकेट, जुनियर डाला, नमन ओझा

ट्रेडेड खेलाडी
विजय शंकर, अभिषेक शर्मा, शाहबाज नदीम, शिखर धवन


प्रकाशित : २०७५ कार्तिक ३०, शुक्रबार १०:५४ गते

धेरै पढिएको

ताजा समाचार