लाखौँ रकम तिरेर पीपीएलले पायो आईसीसीको मान्यता, फाइदा के ?


काठमाडौं । तेस्रो संकरणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट २०१८ लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मान्यता दिएको छ । आवश्यक सबै कागजातसहित रकम बुझाएर प्रक्रिया पूरा गरेपछि ईपीएलले आईसीसी मान्यता पाएको हो । सबै कर तिर्दा र डलरको मूल्य बढेकाले २७ लाख ५० हजार रुपैयाँ बुझाउनु परेको आयोजकले जनाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) आईसीसीको निलम्बनमा रहेको अवस्थामा सबै घरेलु प्रतियोगिता आइसीसीलेनै हेर्दै आएको छ । यो मान्यता पाएसँगै अव इपीएलमा विदेशी खेलाडी खेल्न पाउने छन् ।

 

 


प्रकाशित : २०७५ कार्तिक २९, बिहीबार १७:१४ गते

धेरै पढिएको

ताजा समाचार