अन्तिम दिन समालिन नसक्दा ७ बर्षपछि श्रृंखला जित्ने जिम्वाब्बेको सपना अधुरै !


एजेन्सी – दोस्रो टेस्ट खेलको पाँचौ दिन बंगलादेशले जिम्वाब्बेलाई २ सय १८ रनले पराजित गरेको छ । यो जितसँगै दुई टेस्ट क्रिकेट श्रृंखला बराबरीमा सकिएको छ । पहिलो टेस्ट खेलमा जिम्बाब्बेले १ सय ५१ रनले विजयी भएको थियो ।४ सय ४३ रनको लक्ष्य पक्ष्याएको जिम्बाब्बेले पाँचौ दिन २ सय २४ रनमा अल आउट भयो । बंगलादेशका मेहेदी हसन मिराजले ५ तथा ताइजुल स्लामले २ विकेट लिएपछि ७ बर्षपछि टेस्ट शृंखला जित्ने जिम्बाब्बेको सपना अधुरै बनेको हो । पाँचौ दिन जिम्बाब्वेले पुरै ९० ओभर खेल्न सकेको भए मात्र खेल बराबरी हुने थियो र ७ बर्ष पछि श्रृंखला जित्ने थियो । तर फराकिलो हार खान पुग्दा बाहिरिनु परेको हो

जिम्बाब्बेका लागि दोस्रो इनिङ्समा बेन्डम टेलरले नट आउट १ सय ६ रन बनाउन बाहेक अन्य कुनैपनि खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् । ब्रायन चारीले ४३ र कप्तान हैमिल्टन मसाकाजा २५ रन जोडे । पहिलो इनिङ्समा टेलरको शतकको सहयोगमा जिम्बाब्वेले ३ सय ४ रन बनाउन सकेको थियो । जिम्बाब्बेका लागि टेलरले १ सय १०, पिटर मुरले ८३ र चारीले ५३ रन जोडेका थिए । बंगलादेशका लागि पहिलो इनिङ्समा स्लामले ५ र मेहेदी हसनले ३ विकेट लिएका थिए ।

यस अघि विकेट किपर मुशफिकुर रहीमको कीर्तिमानी दोहोरो शतकमा बंगालदेशले पहिलो इनिङ्समा ५ सय २२ रन बनाउन ७ विकेट गुमाउदै पहिलो इनिङ्स समाप्तीको घोषणा गरेको थियो । रहीमले २ सय १९ रनमा नट आउट रहदै दोस्रो पटक टेस्ट क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने पहिलो विकेट किपरको रेकर्ड बनाएका थिए । मोमिन्युल हकले पनि उत्कृष्ट शतक प्रहार गर्दै १ सय ६१ रन जोडेपछि बंगलादेश पहिलो इनिङ्समा विसाल रन बनाउन सकेको थियो । । जिम्बाब्बेका लागि केली जर्भिसले ५ विकेट लिएका थिए । दोस्रो इनिङ्समा कप्तान महमुदुल्लाहले उत्कृष्ट शतक प्रहार गरेपछि २ सय २४ रन बनाउदा ६ विकेट गुमाएको अवस्थामा बंगलादेशले दोस्रो इनिङ्स समाप्तीको घोषणा गरेको थियो । महमुदुल्लाहले १ सय १ रन बनाउदा मोहमम्द मिथुनले ६७ रन जोडेका थिए । जिम्बाब्बेका जर्भिस र डोनाल्ड तिरिपानोले समान दुई विकेट हात पारेका थिए ।


प्रकाशित : २०७५ कार्तिक २९, बिहीबार १६:२२ गते

धेरै पढिएको

ताजा समाचार