!! सङ्गितको नाममा धर्मको उपहास !!


एकातिर देशभरि धर्म स्वतन्त्रा/धर्म निरपक्ष रास्ट्रको माग चर्किदै गर्दा अर्कातिर “सम्झनालाई” बोलको गित युट्युबमा भाइरल भैरहेको छ । यस गितमा अंकित बाबु अधिकारिले स्वर भरेका छन् भने किरण भुषालले संगीत दिएका छन् । यमन सुवेदीको शब्द संरचना रहेको हो ” सम्झनालाई” बोलको यो गितको निर्देशक नविन चौहान रहेका छन् ।

हिन्दु धर्मको सुरुवात कहिले र कहा देखि भयो यो आज पनि एक पहेली नै रहेको छ । ९० हजार वर्ष पहिले देखि यो धर्म रहीआएको जान्नेहरू बताउछन । यति लामो समय देखि आफ्नो छुट्टै आस्था र विश्वास बोकीआएको यो धर्मलाई यसैकारण पनि सनातन धर्म भनि आइएको हो । एसियाली मुलुकमा मात्रै हिन्दु धर्म मान्नेहरुको संख्या कुल हिन्दु धर्मालम्बीहरुको  ९६ प्रतिशत  रहेको छ । जस मध्ये नेपाल पनि एक हो । हिन्दु धर्मालम्बीहरुको बाहुलेत्ता रहेको यो देशमा यस किसिमको भिडियो युट्युभमा भाइरल भैरहनुमा आपत्ति रहेको आपत्ति रहेको भिडियो हेर्नेहरु बताउछन।

घाटीमा रुद्राक्षको माला भिरिरहदा, भृकुटीमा चन्दन र टिका लगाइरहदा, र ऋषिमुनिको भेषमा देखाइरहदा हुक्का तानेको, मम खाएको, तथा धोतीमा एक फुट लामो डिन्गो जुत्ता लगाएर नाचिरहदा भिडियो स्वयम् आफैमा अडमिल्दो र लज्जास्पद त् देखिएको छ !

कुनै पनि धर्मको आफ्नो बेग्लै/नितान्त फरक आस्था र विश्वासका स्रोतहरु हुन्छन । तर यस भिडियोले हिन्दु धर्मको खिल्ली उडाएको प्रस्टै देखिन्छ । नेवार केटीको भूमिका देखाइएको ममताको हाउभाउले नेवारीपन झल्काएको छैन । उसैगरी ब्रामणको रुपमा देखिएका अरु ३ जनाको भेषमा पनि प्रश्न उठाउने ठाउ छ । घाटीमा रुद्राक्षको माला भिरिरहदा, भृकुटीमा चन्दन र टिका लगाइरहदा, र ऋषिमुनिको भेषमा देखाइरहदा हुक्का तानेको, मम खाएको, तथा धोतीमा एक फुट लामो डिन्गो जुत्ता लगाएर नाचिरहदा भिडियो स्वयम् आफैमा अडमिल्दो र लज्जास्पद त् देखिएको छदै छ साथसाथै हिन्दु धर्मको आस्था र विश्वासको आगन भत्काउने काम समेत भएको छ !

हिन्दू धर्मको खोल ओढ्ने आजका पण्डितहरुमाथि व्यंग वाण हानिएको यस भिडियोले केहि त्यस्तै  पण्डितहरुको अश्लियत भने देखाईेको  छ। वास्तवमा मनिसहरु आफ्नो इच्छालाई लुकाएर कुनै पनि आदर्शमा रमाउदैन । कोही पनि आदर्शवान ब्यक्ती बन्न सक्दैनन्। सकेपनी मानबिय संवेगलाइ  नियन्त्रण गर्नु मनिसको बसमा रहदैन र छैन पनि । ब्राम्हणहरु बाहिरी जती नै अन्य मनिसलाई आफ्नो आदर्शवान चरित्र देखाउदै हिडे पनी भित्रबाट कतै न कतै ईच्छा/ रहरहरु गुम्साएर बसेका त् हुन्छन नै ! यो कुरालाई यस् भिडियोले देखाउन खोजेको छ, यो भिडियोको राम्रो पक्ष हो।

गित आफैमा शब्दचयन र हृदयगत भावनाको हिसाबले एकदमै अब्बल रहेको छ !

“सम्झनालाई बाध लगाएर रोक्न नखोज न

रहरलाई तराजु मै जोख्न नखोज न “

परापुर्वकाल देखि ऋषिमुनिहरुले  नै जप, तप, ध्यानको माध्यम द्वारा आर्जित गरेका शिक्षा नै  रामायण, महाभारत र पुराणहरूमा सूर्यवंशी र चन्द्रवंशी राजाहरूको वंश परम्पराको उल्लेख हो । यसका अतिरिक्त अनेक वंशहरूको उत्पति र परम्पराको वर्णन पनि हिन्दु धर्ममा भेटिने गर्दछ । आजको भौतिक संसारमा एकातिर विज्ञानलाई मान्नेको जमात छ भने अर्कातिर आध्यात्म तिर ढल्कनेको जमात पनि छ । जहा बाट विज्ञान टुंगिन्छ त्यहा बाट आध्यात्म सुरु हुन्छ भनेर मान्नेहरुमा पश्चिमा जगत पनि छ । पश्चिमा जगतले उ बेला अर्थवेद मात्रै चोर्न सक्यो, अरु तिन वेद सकेन । यसकारण आर्थिक दृस्टीकोणले पश्चिमा निकै अगि छ हामि भन्दा ।

वेद, पुराण र गीताको पालनकर्ताको रुपमा ब्राम्हण समुदायलाइ लिगीन्छ, यसैकारण पनि हाम्रो समाजमा ब्राम्हण समुदायका मनिसहरु बुद्दिजिबी र अनुशासित हुन्छन् भन्ने पुरानो मानसिकता रही आएको हो ।

र, तिनै वेद, पुराण र गीताको पालनकर्ताको रुपमा ब्राम्हण समुदायलाइ लिइन्छ , यसैकारण पनि हाम्रो समाजमा ब्राम्हण समुदायका मनिसहरु बुद्दिजिबी र अनुशासित हुन्छन् भन्ने पुरानो मानसिकता रही आएको हो । तर यस भिडियोले यो कुरालाई पुर्णत वेवास्ता गरेको छ । अपबादमा केहि ब्राम्हण त्यस्ता पनि होलान तर के सबै ब्राम्हण समुदायका पण्डितहरु यस्तै नै  हुन्छन् त ?

जब यस किसिमका भिडियोहरु युट्युभजस्तो सार्वजनिक मिडियामा राखिन्छ, त्यसको दिर्घकालिन असर के पर्न जान्छ ?, त्यसतर्फ भिडियो निर्देशक र सम्पुर्ण टोलीले किन ध्यान नदिएको ? यसलाई जसरि प्रस्तुत गरिएको छ या भनौ भिडियोमा ढालिएको छ, सो कुरा आपत्तिजनक र अभद्र रहेको छ । यो भिडियोले अर्को प्रश्न यो पनि उब्जाउछ, यि कलाकार र पात्रहरुले नेपाली समाजलाई दिन खोजेको संदेश के ?

बुट र धोतीमा नाचिरहदा,हुक्का र म:म: खाइरहदा एवं त्यस्तै किसिमको अभद्र भावभंगी दीइरहदा भिडियोले गित र गितकारको समेत बेईज्जत गरेको प्रस्टै देखिन्छ ! गितले एउटा खाले दिशा निर्देश गरिरहदा भिडियोले अर्कै दिशा र सोच तिर लम्किरहेको छ । सरासर यहा त भिडियोले हिन्दु धर्मको अनादर संगसंगै गित र गीतकारको इमान्दारीमा दाग लगाएको प्रस्टै देखिन्छ ।

 

 

 

 


प्रकाशित : २०७५ कार्तिक २९, बिहीबार १५:३८ गते

धेरै पढिएको

ताजा समाचार