ओलम्पिक छनोट : नेपाल दोस्रो चरणमा प्रवेश


काठमाडौं – टोकियो ओलम्पिक २०२० महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगितामा नेपाल दोस्रो चरणमा पुगेको छ ।अन्तिम खेलमा नेपाल र बंगलादेशको खेल १ १ को बराबरीमा सकिएपछि दोस्रो चरणमा पुग्ने पक्का हो म्यानमारको यांगोनस्थित थुनुवा रंगशालामा नेपालले कप्तान निरु थापाको गोलमा अग्रता लिएको हो । उनले १७ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । नेपालले लगातार तेस्रो खेलमा अग्रता लिएको थियो । तर दोस्रो हाफको इन्ज्युरी समयमा नेपालले गोल खाएपछि लगातार तेस्रो खेल बराबरीमा चित्त बुझाउनु पर्यो । इन्ज्युरी समयको तेस्रो मिनेटमा अखि खातुनले बराबरी गोल फर्काएकी थिइन् ।

सुरुवाती दुई खेलमा पनि भारत र म्यानमारसँग नेपालले ३ खेलमा ३ अंक जोड्दै छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको हो । नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ । समूहमा भारत र म्यानमारको खेल भने केहिबेरमा हुनेछ । यस खेलको नतिजाले नेपालको स्थान परिवर्तन नहुने भएपनि नेपाल उत्कृष्ट २ तेस्रो स्थानको टोलीमा पर्दै छनोट भएको हो । नेपालले ओलम्पिक छनोटको पहिलो सहभागितामै दोस्रो चरणमा स्थान बनाउन सफल भएको हो ।


प्रकाशित : २०७५ कार्तिक २७, मंगलवार २०:१९ गते

धेरै पढिएको

ताजा समाचार