काठमाडौँ । केही दिनपछि छायांकन हुन चलचित्र बिर बिक्रम २ मा अनुबन्धित नायक आकाश श्रेष्ठको ठाउँमा पल शाहको नायक इन्ट्री भएको छ।
उक्त चलचित्रमा केही दिन अघि नायकको रुपमा श्रेष्ठ अनुबन्धित भएका थिए। तर अनुबन्धीत नायक श्रेष्ठका हजुर बुवा बाल प्रसाद श्रेष्ठको स्वास्थ स्थिती अत्यन्तै नाजुक अवस्थामा रहेकोले थप उपचारको लागि दिल्ली जानु पर्ने हुँदा उनले समय दिन नसकेपछि नायक पल शाहको इन्ट्री भएको चाम्स ईन्टरटेन्मेन्टको निर्माण युनिटले जनाएको छ। साथै अब उक्त चलचित्र आउँदो मंसिर ३ गतेदेखि छायांकन हुने बताइएको छ।
प्रकाशित : २०७५ कार्तिक २७, मंगलवार ०९:५९ गते


