‘बुलबुलले’ ल्यायो छुट्टै प्रमोसनको शैली( मुख्य कलाकारहरु संग गरिएको रमाइलो कुराकानी)


गत हप्ता नायिका स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलबुल’को गीत सार्वजनिक भएको थियो । बिहीबार काठमाडौँको काठमाडौँ मल, पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्स अगाडी कलाकारहरू नाच्दै चलचित्रको गीत सार्वजनिक गरिएको थियो ।
चलचित्र बुलबुललाई विनोद पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा स्वस्तिमा खड्का, बुद्धि तामाङ ,दीपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टि भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रको गीत सार्वजनिक भए पछि हामीले चलचित्रका प्रमुख पात्रहरु मुकुन भुसाल र लक्ष्मी बर्देवासंग केहि कुराकानी गरेका थियौ। कुराकानीको क्रममा हामीले #me_too को बारेमा पनि कुरा गर्यौ।


प्रकाशित : २०७५ कार्तिक १८, आईतवार १६:५४ गते

धेरै पढिएको

ताजा समाचार