लुम्बिनि प्रदेशका ख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता ।


लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध सोमवार प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले  जानकारी दिए ।

तीन दलका ४१ सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीको नाम उल्लेख गरिएको छ ।

केसी अहिले मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला र कानून मन्त्री छन् ।

८७ सांसद रहेको लुम्बिनी प्रदेशमा माओवादीबाट एमाले प्रवेश गरेका दुई सांसदको पद खारेज भएको छ ।

हाल ८७ सांसद बहाल रहेको लुम्बिनी प्रदेश सभामा एमालेका ४१ सांसद छन् । मुख्यमन्त्री पोखरेललाई सत्ता जोगाउन मात्र २ सांसद जरुरी हुन्छ ।

लुम्बिनी प्रदेशमा कांग्रेसका १९, माओवादीका १८, जसपाका ७ र राजमोका १ सांसद छ


प्रकाशित : २०७८ बैशाख ६, सोमबार १३:३१ गते

धेरै पढिएको

ताजा समाचार