कन्चनपुर भीमदत्त नगरपालिका–१८, महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बला*त्कारपछि हत्या भएको अढाई वर्ष पुग्न लागेको छ ।
यो अवधिमा प्रहरीले निर्मला हत्या घटनाका दोषीसम्बन्धी सुराक पत्ता लगाउन सकेको छैन । दुई वर्षअघि २०७५ साल साउन १० गते बिहीबार निर्मलाको बला&त्कारपछि हत्या गरिएको अव‚थामा उखुबारीमा शव फेला परेको थिया ।
निर्मला हत्या घटनामा संलग्न व्यक्तिको पहिचान र पक्राउका लागि विशेष प्रहरी परिचालन भइरहेकै अवस्थामा बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको ह&त्या भएको छ ।
माघ २२ गते बिहीबार भागरथीको बला&त्कारपछि हत्या गरिएको अवस्थामा जङ्गलमा श&व भेटिएको हो | यस घटनामा संलग्न व्यक्तिका सम्बन्धमा प्रहरीले कुनै सुराकसमेत फेला पार्न सकेको छैन ।


