विद्यालयमै ४ वर्षीया बालिका बला*त्कृत, १३ वर्षीय बालक पक्रा*उ


गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी छात्रा बला*त्कृत भएकी छन् । विद्यालयको शौचालयमा बालिकालाई बला*त्कार गरेको आरोपमा प्रहरीले सोही विद्यालयका १३ वर्षका बालकलाई पक्रा*उ गरेको छ ।

विद्यालय छुट्टी भएर घर जाने बेला ती बालकले बालिकालाई शौचालयमा जबर*जस्ती कर*णी गरेको घटनाको गोरखा प्रहरीले अनुसन्धान गरिरहेको छ । यही माघ २१ गते यो घटना भएको हो । २२ गते बालिकाकी आमाले प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।बालिकाकी आमाले फोन गरेपछि आफूहरुलाई घटनाबारे थाहा भएको विद्यालयका प्रधानाध्यापकले भने । बालिकाको स्वास्थ्य अवस्थाले उनी बला*त्कृत भएको आफूले थाहा पाएको बालिकाकी आमाले प्रहरीसमक्ष बताएकी छन् ।

बालिकाको गोरखा अस्पतालमा स्वास्थ्य जाँच गरिएको र अवस्था अहिले सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७७ माघ २६, सोमबार ०८:२८ गते

धेरै पढिएको

ताजा समाचार