प्रचण्ड नेपाल समूहको अहिलेसम्मकै ठूलो प्रदर्शन, काठमाडौंमा १ मानिस सडकमा


प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । एक लाख कार्यकर्ता उतार्ने लक्ष्यसहित यो समुहले विशाल शक्ति प्रदर्शन भनेको आजको कार्यक्रममा उपत्यका र आसपासका जिल्लाहरुबाट समेत कार्यकर्ता उतार्ने तयारी छ । प्रतिनिधि सभा विघटनको निर्णय खारेज गराउँदै संसद् पुनःस्थापना गराउन संघर्षका कार्यक्रम जारी राखिने प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताउनुभयो । काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोललगायत विभिन्न ९ ठाउँबाट निस्कने जुलुस रत्नपार्क पुगेपछि विरोध सभामा परिणत हुनेछ । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।


प्रकाशित : २०७७ माघ ९, शुक्रबार ०७:५६ गते

धेरै पढिएको

ताजा समाचार