भोली नेपालमा कोरोना खोप आउने पक्का, भारतले गर्यो यस्तो खुलासा


भारतले नेपालसहित नजिकका छिमेकी मुलुकलाई भोलिदेखि कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।
भारतको विदेश मन्त्रालयले हिजो जारी गरेको विज्ञप्तिमा नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमारलगायतका राष्ट्रहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने उल्लेख छ । भारतमा निर्मित खोपहरुको आपूर्तिका लागि अनुरोध गरेका छिमेकी देशहरुलाई खोप उपलब्ध गराउन लागिएको हो ।
अनुदान सहायता अन्तर्गत खोप उपलब्ध गराउन लागेको जारी विज्ञप्तिमा उल्लेख छ । भारतले यसअघि नैं आफ्नो देशमा उत्पादित खोप सर्वसाधारणका लागि लगाउन थालिसकेको छ ।
भारतको सिरम इन्स्टीच्युटले उत्पादन गरेको कोभिसिल्ड नामको खोप नेपाल लगायतका देशले पाउने भएका हुन् । नेपाल सरकारले कम्तिमा ३ प्रतिशत जनतालाई पहिलो चरणमा कोरोना विरुद्धको खोप दिने तयारी गरिरहेको छ ।


प्रकाशित : २०७७ माघ ७, बुधबार ०७:५९ गते

धेरै पढिएको

ताजा समाचार