कोरोना महामारीले चलचित्र हल बन्द भएको ९ महीना लाग्यो। त्यसको असर नेपाल भरि कै हलहरुमा परेको छ। नया चलचित्रको निर्माण हुन सकिरहेको छैन। चलचित्र क्षत्र संग जोडिएका करिब साढे २ लाख प्रभाभित भएका छन्। चलचित्र क्षेत्रले करिब डेड अर्ब रुपैया क्षति बेहोरेको छ।
अन्य व्यवसाय सुचारु हुदै गर्दा पनि सिनेमा हलहरु अझै खुलेको छैन। चलचित्र क्षेत्र ले ठुलै घाटा बेहोर्नु परेको छ। सिनेमा हल नै नखुलेपछि चलचित्र हरु नबनेको र चलचित्र व्यवसाय ठप्प रहेको छ।
चलचित्र संग जोडिएका कलाकार, निर्माता, निर्देशक र प्राविधिक पक्षमा पनि समस्याहरु आएका छन्। सिनेमा हल र चलचित्र क्षत्रसंग जोडिएका कर्मचारीहरुलाइ पनि ठुलै असर परेको छ। उनीहरु सबैको दैनिकी प्रभावित भएको छ।


