‘मिस नेपाल वर्ल्ड’ २०२० को उपाधि नम्रता श्रेष्ठले जितिन


मिस नेपाल वर्ल्ड-२०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन्। साथै मिस नेपाल सुपरनेसनलको उपाधि सिमल कनौजियाले जितेकी छिन्। ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितिन् र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले जितेकी छिन् ।

आज होटल पार्क भिलेजमा मिस नेपालको अन्तिम कार्यक्रम भएको थियो।अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस नेपाल वल्र्डको ताज पहिरिएकी हुन् ।

श्रेष्ठको उमेर २३ वर्षा हो र उनि समाजशास्त्रकि विद्यार्थी हुन्। उनि काठमाडौँमा जन्मिएकी हुन् र काठमाडौँमै हुर्किएकी हुन्। उनि आफुलाई असाधारण सपनाहरु बोकेकी साधारण नारि भन्दछिन। उनी पेशाले किनरगार्डेन टिचर हुन् ।

अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई सोधिएको प्रश्नमा नम्रताले आफ्नो आमालाई सम्झँदै नेपाली महिलाहरु सकारात्मक सोचको साथ अघि बद्छन र सशक्त हुन्छन भनेकी थिईन।


प्रकाशित : २०७७ मंसिर २०, शनिबार २०:४८ गते

धेरै पढिएको

ताजा समाचार