सुरक्षा खतरा बढे संगै हसिनाले राजीनामा दिई छाडिन बंगलादेश


बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले सोमबार बिहान सुरक्षा खतरा बढ्दै गएपछि हसिनाले राजीनामा दिएर बंगलादेश छाडेकी छन् ।

भारतीय समाचार संस्‍थाले स्रोतलाई उदृत गर्दै हसिना चढेको जहाज भारतीय वायु सेनाको हिन्डनस्थित अड्डामा अवतरण भएको जनाएको छ।
हसिना भारतबाट बेलायत जाने सम्भावना छ। यद्यपि कहिले जाने भन्ने यकिन भइसकेको छैन।

सोमबार हसिनाले १५ वर्षे सत्ता छाडेसँगै प्रदर्शनकारीहरूले खुसीयाली मनाएका छन्। प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए।

हसिना सन् २००९ देखि सत्तामा थिइन्। १५ वर्षे सत्तामा चलाएकी उनीमाथि शक्तिको दुरूपयोग गरेको आरोप लाग्दै आएको थियो। उनले आफ्ना विपक्षी दलका नेताहरूविरूद्ध शक्तिको दुरूपयोग गरेको आरोप छ। ७६ वर्षीय हसिनाले चार पटक लगातार चुनाव जितेकी छन्।


प्रकाशित : २०८१ श्रावण २१, सोमबार २०:५७ गते

धेरै पढिएको

ताजा समाचार