
असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको सिनेमा ह्रस्व दीर्घको नयाँ पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक सिनेमाको पोस्टरमा अभिनेता हरिहर अधिकारीलाई एंग्री योङ्गम्यानको रुपमा प्रस्तुत गरिएको छ ।
चन्द्र पन्तको डेब्यू निर्देशकीय सिनेमाको सार्वजनिक पोस्टरमा हरिहरका अलवा कवीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकारलाई फिचर्ड गरिएको छ । केही दिनमा सिनेमाको टिजर सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ । सिनेमाको पोस्टरले दर्शकलाई उत्साहित बनाउने विश्वास निर्देशक पन्तको छ ।
प्रकाशित : २०८१ श्रावण १३, आईतवार १६:२९ गते