गल्याङ नगरप्रमुख अधिकारीको कार्यशैली जनमैत्री भएको सेवाग्राहीको प्रतिक्रिया


पाल्पा, चैत्र ३ । स्थानिय तहको निर्वाचन सम्पन्न भएको ५ वर्ष पुरा हुँदै छ । सरकारले नयाँ निर्वाचनका लागि समेत मिती घोषणा गरेको छ । संघियताको पहिलो अनुभुती गरेका जनताहरुले आफ्नै घर दैलोमा स्थानिय सरकार पाएपछी सेवा प्राप्तीमा सहज भएको प्रतिक्रिया दिन्छन ।
गल्याङ ३ ललेङका करिव ७५ वर्षिय देवाखर भट्टराई लौरो टेक्दै नगरपालिकाको कार्यालय पुग्नुभयो । नगर प्रमुखलाई भेट्नका लागि १५ जना प्रतिक्षामा थिए । उमेरले पाको र शारिरिक रुपमा कमजोर देखेपछी नगर प्रमुखको सचिवालयमा कार्यरत कर्मचारीले भट्टराईलाई प्रतिक्षामा राखेनन् । उनलाई पालो कुर्न नपर्ने भन्दै मेयरलाई भेट्न जानुस भनेर पठाए । ‘उमेरले पनि साथ नदिने, ढाड दुखेर धेरै समय बस्न पनि नमिल्ने थियो, अस्पतालमा सम्म लाइनमा बस्नुपर्छ भन्थे’ देवाखरले भने, ‘आफुले भनेको हुने नहुने कुरा नियम अनुसार होला, तर जनताको भावना बुझेर काम गरेको देख्दा खुशी लाग्यो, मलाइ त फेरी पनि भुपराज वाबुनै मेयर भय हुन्थ्यो जस्तो लाग्यो ।’
देवाखर छोराछोरीको कमाइ खाएर घरमै बस्ने समयमा नगरपालिका धाएका छन । उनले आफ्नो घरछेउमा बाटो पु¥याउन, करेशाबारिका लागि टनेल माग्न वा कागज मिलाएर अनुदान दिनुहोस भन्न गएका भने होइन रहेछन । उनले ललेङमा स्थानिय तथा बटुवाहरुलाई बिश्राम स्थल निर्माण गर्ने सोँचका कारण बजेट प्रवन्ध गरिदिन नगर प्रमुखको कार्यकक्षमा गएको बताए । ‘मलाइ यो बुढेसकालमा आफ्नो पहलमा कुनै सामाजिक काम गरौँ भन्ने लाग्यो र याँहा आएको हुँ’, देवाखरले भने, ‘मेयरसापले सामाजिक कामका लागि सहयोग गर्छु भन्नुभएको छ, उहाँले ससम्मान बोल्दा खुुशी लाग्यो ।’
मेयरको अनुरोधमा सिफारिस बनाउका लागि समेत नगर प्रमुखको सचिवालयका कर्मचारीले सहयोग गरेपछी देवाखर दङग परेका थिय । ‘मेयरले एउटा पत्र बनाएर छोड्नुस भन्नु भएको थियो, कसरी कता गयर बनाउने मैले सक्दिनथे’ उनले भने, ‘त्यो काम पनि कर्मचारीलेनै गरिदिए ।’

आम नगरवासि गल्याङ नगरपालिकाको सेवा प्रवाहको खुलेरै प्रशंसा गर्न थालेका छन । गल्याङ ६ पिडिखोलाका अर्जुन पाण्डेले पनि नगरपालिकाले जनतामैत्री काम गरेको बताए । ‘स्थानिय सरकार भनेको के हो भन्ने अनुभुती गर्न पाइएको छ’, पाण्डेले भने, ‘विरोध गर्नेहरुले जे भनेनी भयो तर नगरपालिकाले हाम्रो काम यथासक्य गर्छ त्यो हाम्रा लागि ठुलो कुरा हो ।’
नगरपालिकाका प्रमुख भुपराज अधिकारीले कर्मचारी र सेवाग्राही बिच हार्दिकता कायम गर्दै कार्य सम्पादन गर्ने वातावरण बनाएको बताउनुहुन्छ । ‘हामि जनताको सेवा गर्न आएका हौँ’, नगर प्रमुख अधिकारीले भने, ‘जनतालाई सन्तुस्ट नबनाए सम्म राजनिती गर्न सकिदैन ।


प्रकाशित : २०७८ चैत्र ४, शुक्रबार ०९:११ गते

धेरै पढिएको

ताजा समाचार