
नेपाल सरकारले यही साउन २५ गते साेमबारदेखि साउन ३२ गते साेमबारसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले साउन २५ गते साेमबारदेखि साउन ३२ गते साेमबारसम्म खोप सप्ताह मनाउने जानकारी दिएका हुन् ।
याे सप्ताहभरी जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख डोज कोरोना विरुद्धको खोप लगाइन्छ ।
नेपालमा बालबालिकाका लागि फाइजरको ६० लाख डोज खोप ल्याउने प्रक्रिया पनि सुरू भइसकेकाे उनले बताएका छन् ।
उनका अनुसार आगामी असोजसम्म १ करोड ५ लाख डोज खोप आउनेछ ।
प्रकाशित : २०७८ श्रावण २१, बिहीबार १६:१३ गते