एमसीसी हुबहु पारित हुदैन : प्रचण्ड


काठमाडौं । वर्तमान सरकारको एक प्रमुख साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अमेरिकी सहयोग एमसीसी जस्ताको तस्तै पारित नहुने बताएका छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नसँग कुराकानी गर्दै प्रचण्डले एमसीसीलाई नेपालको राष्ट्रिय हित अनुकुल कति पारिमार्जन र संशोधन गर्न सकिन्छ, त्यो हेर्नुपर्ने बताए ।

उनले एमसीसीका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग सामान्य कुराकानी भएपनि यसको परिमार्जन, संशोधन र ब्याख्या गर्ने विषयमा ठोस कुराकानी नभएको बताए ।

दाहालले एमसीसीलाई जस्ताको तस्तै नमान्‍ने बताएका छन् ।  यसमा आवश्यक संशोधन, परिमार्जन र व्याख्या गरेर मात्र यसलाई अगाडि बढाउन सकिन्छ भन्‍ने धारणा व्यक्त गरेका छन् ।


प्रकाशित : २०७८ श्रावण ४, सोमबार १०:५३ गते

धेरै पढिएको

ताजा समाचार