अन्तिम पटक पारिकले शुक्रबार साँझ एक जनासँग कुरा गरेका छन् । त्यसपछि कसैसँग सम्पर्क भएको नदेखिएको प्रहरीको बुझाई छ। ‘घटना शुक्रबार साँझै अथवा शनिबार बिहानतिर भएको हुनसक्छ’ प्रहरी स्रोत भन्छ, ‘थप छानविन भइरहेको छ ।’
प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ । पोष्टमार्टमपछि मृत्युको एकिन विवरण खुल्ने बताईएको छ ।


