नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरूलाई सरकार छाड्न दिएको निर्देशनविपरीत एमाले र माअोवादी केन्द्र मिलेर सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन भएको छ ।
प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज शुक्रबार सरकार पुनर्गठन गर्दै ८ जना नयाँ मन्त्रीहरू थपेका छन् ।
नयाँ नियुक्त हुनेहरूमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रीमा पूर्णा जोशी, आन्तरिक मामिला तथा कानूनमन्त्रीमा लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी र उद्योग, वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामी रहेका छन् ।
नयाँ नियुक्त राज्यमन्त्रीमा चुनकुमारी चौधरी, मनाकुमारी साउँद, अर्चना गहतराज र मानबहादुर सुनार रहेका छन् ।
पार्टी केन्द्रको निर्णयविपरीत एमाले सांसदहरू मन्त्री बनेपछि अब कारवाहीको निर्णय हुनसक्ने जनाइएको छ ।