अमेरिकाबाटै गरे सदाबहार गायक रामकृष्ण ढकालले १८ लाखको सहयोग


सांगीतिक कार्यक्रमको क्रममा अमेरिकामा पुग्नुभएको गायक रामकृष्ण ढकालले कार्यक्रम सकाए पश्चात फर्कने तयारी हुँदाहुँदै अचानक नेपालमा COVID का कारण सम्पूर्ण अन्तर्राष्ट्रिय विमान बन्द भएपछि नेपाल फर्कन पाउनुभएन। केही समय अमेरिकामानै बस्नुपर्ने अवस्था सृजना भएपछि कोरोना भाईरसका कारण निम्तिएको उच्च जोखिमलाइ मनन गर्दै आफु जन्मि, हुर्कि आफुलाई उक्तस्थान सम्म पुर्याउने आफ्नो देश नेपालको दुखीरहेकोघाउमा मलम लगाउनु पर्ने आफ्नो कर्तव्य भएको र स्वयं आफु र आफु मार्फत उपलब्ध हुने सहयोग उपलब्ध गराउने बाचा सामाजिक संजाल फेसबुकमार्फतबाट केहि दिन अघि जानकारी दिनु भएको थियो ।
सोहि जानकारी बमोजिम आज फेसबुकमार्फतबाटै उपलब्ध भएको सम्पूर्ण सहयोगीमनहरुको नामावलीका साथसाथै संकलित रकम पनि पारदर्शिताका साथ जानकारी दिनुभएको छ।

गायक रामकृष्ण ढकालको फेसबुकवालबाट

हामी सबै नेपालीको जन्मभूमी नेपालमा कोरोना महामारीको कहर मच्चिदा अक्सिजन सिलिण्डरको अभावमा हजारौको ज्यान गइरहेको तीतो यथार्थ हामी सबैको सामु छर्लङ्गै छ ।
नेपालमा यस्तो विषम परिस्थिति हुँदा म भने सांगीतिक कार्यक्रमको क्रममा अमेरिकामा आएको बेला यतै रोकिएको छु । म विनम्रतापूर्वक राख्न चाहन्छु कि एक नेपाली संगीत साधकका रूपमा आज मेरो जुन परिचय बनेको छ, त्यो सबै नेपाली दाजु-भाइ तथा दिदी-बहिनीको स्नेह, साथ र सद्भावकै कारण बनेको हो । उहाँहरू नेपालमा कोरोनासँग जीवन-मरणको युद्ध लडिरहेका बेला अमेरिकामै रहेकै बेला पनि केही सहयोग पुर्याउन सकिन्छ कि भन्ने पवित्र भावनाले मैले केही दिनअघि अमेरिकामा रहेका मेरा आदरणीय स्रोता-दर्शकमाझ सहयोगको आव्हान गरेको थिएँ
मेरो विनम्र अनुरोधमा अमेरिकामा रहेका मनकारी नेपाली तथा भुटानी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले खुला हृदयले सहयोग गर्नुभएको छ । यही क्रममा पहिलो चरणमा जम्मा भएको $15288 अमेरिकी डलर(करिब १८ लाख नेपाली) ­यस्तो विषम परिस्थितिमा पनि निस्वार्थ भावले नेपाली जनजनको सेवा गरिरहनु भएका आदरणीय वैज्ञानिक अभियन्ता श्री महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खाता नम्बर ०१९०६३२२०६००१७ मा वायर मार्फत जम्मा गरिएको व्यहोरा यहाँहरू सबैमा अवगत गराउन चाहन्छु ।
 अमेरिकाबाटै गरे सदाबहार गायक रामकृष्ण ढकालले १८ लाखको सहयोग

अमेरिकाबाटै गरे सदाबहार गायक रामकृष्ण ढकालले १८ लाखको सहयोग

अझै पनि केही मनकारी महानुभावहरूले सहयोग रकम प्रदान गर्ने वचन दिनुभएको छ ; त्यो रकम प्राप्त भएमा नेपालको सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्याइरहेका अन्य आदर्श व्यक्तित्वहरूबाट स्थापित संस्थाहरूमार्फत् सहयोगका लागि पठाइने व्यहोरा पनि सादर अनुरोध गर्दछु ।
अहिलेसम्म मेरो अभियानमा साथ दिने मनकारीहरूको नाम र उहाँहरूले उपलव्ध गराउनु भएको सहयोग रकम यस प्रकार रहेको छ-
Ram Krishna Dhakal – $500
1. Omkaar/Kamala Acharya – $2400
2. Bhuwan Acharya – $2000
3. Manoj Khadka, Ambika Sapkota and Anup Gautam (Virginia) – $1000
4. Conerand hot masala bistro (Harrisburg) – $600
5. Pittsburgh namaste momo (Pittsburgh) – $500
6. Indra Adhikari – $500
7. Tulsi Pokhrel – $500
8. Narad Kharel – $500
9. Balaram Chimoriya in the name of Lt. Mother Naramaya Kadariya – $500
10. Buddha Gurung Ohio -$500
11. Leela Bhandari (Ohio) – $450
12. Narayan Singh KC (Washington) – $250
13. Deepak Chand – $250
14. Kiran Dahal – $200
15. Shyam Kadariya – $200
16. Vaskar – $200
17. MB dai (Pittisburgh) – $150
18. Manita Yogi – $101
19. Lachhi Dahal – $101
20. Santosh Subedi – $101
21. Pabidhan Rai – $100
22. Soma Neopaney – $100
23. Ram Nepal – $500
24. Soma Phuyel $100
25. Khem Niraula – $100
26. Naresh/Radhika Ghimire in the name of mother (Hari Maya Ghimire) – $100
27. Salim Bux – $100
28. Rajen Khanal – $40
29. Dambari Regmi – $25
30. Bishnu Niraula – $20
From Fort Worth TX
Sujan Kattel: $400
Puspa Koirala: $375
Dinesh Sharma: $150
Bishnu Acharya: $101
Chandra Koirala: $100
Bishal Giri: $100
Kumar Budhathoki: $100
Sam Acharya: $100
Anil Kattel: $100
Bhim Kadariya: $100
Gita Diyali: $100
Ganga Chamlagain: $66
Shiva Diyali: $60
Susmita Rimal: $60
Ram Kharel: $51
Krishna Sedhai: $51
Sidhartha Khatiwada: $51
Saurav Dhungana: $51
Danie Dulal: $50
Roshni Sapkota: $50
Chetman Gharti Chhetri: $50
Arjun Kadel: $50
Bashu Katel: $50
Jagan Regmi: $50
Pradipta Shrestha: $50
Dhana Sharma: $45
Sakar Dahal: $40
Rabin Khatri: $40
Nidu Gajurel: $35
Bhupendra Karki: $32
Selena Lopez: $30
Kapil Aryal: $30
Nil Dhakal: $25
Manoj Baral: $25
Gopal Sapkota: $25
Yadhu Dhital: $25
Dhana Dhakal: $25
Rakshya Sigdal: $25
Om Mishra: $25
Kiran Dahal: $25
Tara Dhakal: $21
Biplop Katwal: $21
Anshu Joshi: $20
Suman Adhikari: $20
म यस पुनित कार्यमा सहयोग गर्नुहुने समस्त मनकारी महानुभावहरूमा मेरो आफ्नै तर्फबाट र यहाँहरूको सहयोगबाट आफ्नो कोरोना पीडामा मल्हम लगाउन पाउँनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीका तर्फबाट हार्दिक आभार प्रकट गर्दछु । साथै, जहाँ रहे पनि दु:खको घडीमा यथाशक्य सहयोग गरी नेपाली जाति भनेको पीडामा मल्हम लगाउने उच्च मानवीय मूल्य भएको जाति हो भन्ने परिचय दिन पनि सबैमा विनम्र अनुरोध गर्दछु ।
यहाँहरूबाट प्राप्त सहयोग पारदर्शिताका साथ पीडितकै लागि सदुपयोग हुने व्यहोरा अनुरोध गर्दै यथासमयमा त्यसको जानकारी गराउने पनि प्रतिवद्धता प्रकट गर्दछु ।
सहयोग र सद्भावका लागि हार्दिक कृतज्ञतासहित,
रामकृष्ण ढकाल


प्रकाशित : २०७८ जेष्ठ ११, मंगलवार ११:०७ गते

धेरै पढिएको

ताजा समाचार