
युगकवि सिद्धिचरण श्रेष्ठको शब्दरचना तथा स्वरसम्राट नारायण गोपालको संगीत–स्वर रहेको बहुचर्चित ‘मेरो प्यारो ओखलढुंगा’ गीतको भिडियो तयार भएको छ ।
युगकविको ११०औँ जन्मजयन्तीका अवसरमा आइतबार उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा बनाइएको म्युजिक भिडियोको निर्देशन दिनेश डिसीले गरेका हुन् । प्रतिष्ठानका अनुसार भिडियोमा युगकविका बारेमा अध्ययन गर्न चाहने दुई विद्यार्थीले उनको जन्मस्थलसम्म गरेको यात्रालाई प्रस्तुत गरिएको छ । सात मिनेट लामो गीतलाई सत्य नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
सुरेश घिसिङले खिचेको भिडियोमा कलाकार समीक्षा पोखरेल, महेश खड्कासहित स्वयं निर्देशक डीसीको अभिनय छ । तीन वर्षअघि खिचिएको भिडियो आइतबार सार्वजनिक गरिएको हो ।