बर्दियाको बारबर्दिया नगरपालिका-३ खुरखुरे फाँटाकी १२ वर्षीया बालिका सुमित्रा वि.कको भारतको विहारराज्यस्थित मोतिहारी जिल्लाको चैनपुरमा माघ ८ गते बला*त्कारपछि ह*त्या भयो। घटनाको प्रमाण मेटाउन अप*राधमा संलग्न व्यक्तिहरुले जर्वज*स्ती दबाब दिँदै बालिकाको श*वलाई जला*उन लगाएको पीडित परिवारको आरोप छ।
घटनाको प्रमाण नष्ट
बालिको मृ*त्यु रहस्य*मय देखिन्छ। चुक्कुल लगाएको कोठाभित्र बालिकाको मृ*त शरिर भेटिएको छ। ’बालिकाको खुट्टाको एउटा बाहुला खोलिएको अवस्थामा थियो, घाँटीमा निलडाम देखिएको र छिटो छिटो शव जनाउन स्थानियले दिएको दवाबबाट पनि घटना घटाइएको प्रष्टिन्छ’ मृतककी दिदि लक्ष्मीदेवी विकले भनिन्। बहिनिको मृ*त्युपछि आमाबुबालाई पनि ड*रत्रास र धम्*की दिइएको छ।
मृतक बालिकाको शव मृतककी नेपाल भएकी आमा आएपछि जलाउनेभन्दा पनि भारतका घरबेटीलगायत उनका आफन्तहरुले मानेनन्। बालिकालाई जलाएपछि त्रासले नेपाल फर्किएका आफन्त कर्णबहादुर सोनीले भने उल्टै घरबेटीले अर्कोदिन कोठा खाली गराए। खाली कागजमा मृ*त्युका बारेमा हस्ताक्षर गराएर शव जनाउन लगाए। पछि खाली कागजमा चिसोका कारण बालिका मरेको भन्ने लेखिएको थियो। सोनीले थपे ’स्थानियको दबाबले आफूहरु निरिह बन्नुपर्यो।


