नारायणहिटीको आगनमा ओली समूहको भेला


नेकपाको ओली समुहले आज काठमाडौंमा बृहत प्रदर्शन र जनसभा आयोजना गर्दैछ । दाहाल समुहले दुई हप्ताअघि काठमाडौंमा आयोजना गरेको विरोधसभाको जवाफ स्वरुप ओली पक्षले आज आफ्नो बृहत आमसभा गर्न लागेको हो । प्रधानमन्त्री ओलीको तर्फबाट जवाफ स्वरुप आयोजना हुन लागेको सभा नारायणहिटी दरबार अगाडि सडकमा आयोजना हुँदै छ । आमसभाका लागि नारायणहिटी दरबार अगाडिको सडक खालि गरिएको छ । जनसभामा तीन लाख मानिस उर्ताने बताएको ओली समुहले माघ २१ गते काठमाडौंमा बाइक ¥याली निकालेको थियो । ओली समुहको यो आमसभामा बाग्मती प्रदेशका सबै जिल्लाका कार्यकर्ताहहरुको सहभागीता हुने उसको दाबी छ । ओली समुहले दरवारको अगाडि कार्यक्रम गराउनुलाई अनेक तर्क गरिएको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीको क्रियाकलाप राजासँग मिल्दो हुनु र नारायण हिटी दरवार अगाडि नै कार्यक्रमको आयोजना गर्नु आफैँमा असोभनीय भएको दाहाल–नेपाल समुहका नेताहरुको भनाइ छ । दाहाल–नेपाल समुहका नेता सुरेन्द्र पाण्डेले एक कार्यक्रममा बोल्दै ओली राजवादीहरुको भीड बसेको आारोप लगाउनुभएको थियो । उहाँले ओलीले २३ गते नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने हल्ला आएको समेत बताउनुभएको थियो ।


प्रकाशित : २०७७ माघ २३, शुक्रबार ०७:५३ गते

धेरै पढिएको

ताजा समाचार