बलिउड चर्चित अभिनेत्री दीपिका पादुकोणका सन् २०२१ मा पाँच फिल्म रिलिज हुँदै छन। २०२० ड्रग्सको मुद्दामा फसेपछि उनका धेरै फ्यान रिसाएका थिए तर अहिले दीपिका आफ्ना फ्यानको मन जित्न डटेर लागिपरेकी छन्।
उनी आगामी फिल्मका लागि निकै उत्साहित छिन्। शकुन बत्राकको फिल्ममा दीपिका सद्धान्त चतुर्वेदी र अनन्या पाण्डेसँग देखिनेछिन्। सो फिल्मको सुतिंगका तस्बिरहरु सोसल मिडियामा दिनहु देखिएका थिए।
फिल्म ‘पठान’मा दीपिका बलिउड सुपरस्टार शाहरूख खानसँग देखिनेछिन्। यस्तै नाग अश्विनको फिल्ममा उनी अमिताभ बच्चन, प्रभासका साथमा हुनेछिन्। अहिले उनी फिल्म ‘द इन्टर्न’को प्री प्रोडक्सनमा व्यस्त छिन्। ‘द इन्टर्न’को मूल फिल्ममा रबर्ट डी निरो र ऐनी हैथवेले अभिनय गरेका थिए। यस्तै ‘महाभारत’ २०२१ मा रिलिज हुनेछ। यसमा दीपिका द्रौपदीको भूमिकामा छिन्। यो फिल्म पनि अहिले प्री प्रोडक्सनमा छ। द्रौपदीको भूमिकामा दीपिकालाई हेर्न दर्शक उत्सुक छन् र दीपिका पनि आफ्ना फिल्महरुलाई लिएर निकै ब्यस्त र उत्साहित देखिन्छिन।


