सुशान्त सिंह राजपुत केस नयाँ मोडमा:यनसीबीको हातमा बलिवुडको ठुलो ड्रग आपूर्तिकर्ता


भारतका चर्चित कलाकार सुशान्त सिंह राजपुतको मृत्यु पछि ड्रग कोणमा छानबिन गर्दा यनसीबीले ठुलो सफलता हात पारेको छ। यनसीबीले बलिवुडको ठुलो ड्रग आपूर्तिकर्तालाई पक्राउ गरेको छ।

सो ड्रग आपूर्तिकर्ता पहिले फरार भएको र उसैले नै रिया चक्रवर्ती र उनको भाइ सोभिक चक्रवर्तीलाई ड्रग आपूर्ति गरेको हल्लामा आएको छ। क्यापिटल टिभीका मुख्य सम्पादक डाक्टर मनिषले मुम्बईभरि कै सबैभन्दा ठुलो ड्रग आपूर्तिकर्ता यनसीबीको हातमा परेको कुरा बताएका छन्। साथै अरु २६ जना ड्रग आपूर्तिकर्ताहरुलाई पनि यनसीबीले पक्राउ गरेको छ।

ड्रग आपूर्तिकर्ताको नाम आजम सेख जुम्मन भएको कुरा पनि उनले बताए। सो ड्रग आपूर्तिकर्ता हिमाचल, पाकिस्तान, कराचीजस्ता ठाउँबाट ड्रग लिएर आउने र भरातको मुम्बई, गोवा, बंगलोर, फिल्म उद्योगहरुमा आपूर्ति गर्ने गरेको पनि उनले बताए।

यो सबै रिया चक्रवर्ती र सुशान्त सिंह राजपुतसंग जोडिएको कुरा डाक्टर मनिषले बताए। यो पक्राउपछि भारतको बलिवुडका अरु कलाकारमाथि पनि छानबिन सुरु हुन सक्ने कुरा उनले बताएका छन्। उनले अब कलाकार सुशान्त सिंह राजपुतको मृत्युको सत्यता के हो, उनले आत्महत्या गरेका हुन् कि हत्या भएको हो र उनको मृत्युसंग ड्रगको कुरा किन र कसरी जोडिएको छ भन्ने कुरा सीबीआइले पत्ता लगाउनु पर्छ भनेका छन्।


प्रकाशित : २०७७ मंसिर २६, शुक्रबार १९:१८ गते

धेरै पढिएको

ताजा समाचार