सुर्खेतमा आठ जनाले लोकसेवाको प्राविधिक जवान सङ्गीततर्फको परीक्षा अर्काको नाममा दिएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेत ले उनीहरुलाई बुधबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका–७ दैलेख निवासी कमल विकको नाममा परीक्षा दिने सोही गाउँपालिकामा बस्ने २३ वर्षीय तिलक विक, गुराँस गाउँपालिका–२ दैलेख बस्ने रणबहादुर रावललको स्थानमा सोही ठाँउका १९ वर्षीय रामबहादुर कार्की, भगवतीमाई गाउँपालिका–७ दैलेख बस्ने चक्रराज विकको स्थानमा सोही ठाउँका २५ वर्षीय दीपेन्द्र विक, नारायण नगरपालिका–७ दैलेख चन्द्रबहादुर रानाको स्थानमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ दैलेख २० वर्षीय रमेशप्रसाद न्यौपाने, भेरी नगरपालिका–१० जाजरकोट बस्ने धनबहादुर डाँगीको स्थानमा वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेका १९ वर्षीय याम पौडेल, पञ्चपुरी नगरपालिका–२ सुर्खेतका यज्ञ बिसीको स्थानमा सोही ठाउँका १८ वर्षीय उत्तम बिसी, राजापुर नगरपालिका–१० बर्दियाका अर्जुन सुनारको स्थानमा पञ्चपुरी नगरपालिका–१ सुर्खेतका २० वर्षीय रुद्रप्रसाद शर्मालाई पक्राउ गरिएको पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताएका छन्।
त्यसैगरी नक्कली प्रशिक्षार्थी मिलाइदिने पञ्चपुरी नगरपालिका–२ सुर्खेतका २१ वर्षीय दीपक कँडेललाई पनि प्रहरीले पक्राउ गरेको छ र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


