गंगा चौहानको पहिलो प्रस्तुति रहेको स्प्लाश इमेज इन्टर्टेन्मेन्टको ब्यानरमा रुशील अमात्य द्वारा निर्देशित नयाँ म्युजिक भिडियो “माया बैगुनी” म्युजिक नेपाल मार्फत सार्बजनिक गरिएको छ । रुशील अमात्य विभिन्न नेपाली, नेवारी ,चलचित्रको सह निर्देशनका साथै उत्कृष्ट म्युजिक भिडियो निर्देशन गर्दै आएका छन् । भोजराज काफ्ले र गंगा चौहानको स्वर रहेको यस म्युजिक भिडियोमा बाशु बरालले छायांकन गरेका छन। शब्द शंकलन तथा संगीत भोजराज काफ्लेको नै रहेको छ। यो गित गंगा चौहानको नयाँ प्रस्तुति हो
यस म्युजिक भिडियोमा अहिलेका चर्चित मोडल बिमल अधिकारी सहित बिनु शाक्य,ळक्षुमन चौलागाईं, नवराज गौतम, र रुपेश गौतमले अभिनय गरेका छन्। साथै कोरियोग्राफी राजिभ बलामीले गरेका छन्|


