स्प्लाश इमेज इन्टर्टेन्मेन्टको ब्यानरमा रुशील अमात्य द्वारा निर्देशित नया म्युजिक भिडियो हल्ला भो हाइलाइट नेपाल मार्फत सार्बजनिक गरिएको छ । रुशील अमात्य विभिन्न नेपाली, नेवारी ,चलचित्रको सह निर्देशनका साथै उत्कृष्ट म्युजिक भिडियो निर्देशन गर्दै आएका छन् । देब तन्डुकारको स्वर रहेको यस म्युजिक भिडियोमा बाशु बरालले छायांकन गरेका छन। शब्द शंकलन तथा संगीत जितेन लेप्चाले गरेको यस गीतमा संगीत संयोजन फणिन्द्र राइले गरेका छन्।
कोरोनाको महामारिका कारण म्युजिक भिडियोको छायांकनमा केहि कठिनाइ भए पनि सहजता अपनाएर छायांकान गरिएको र भिडियो उत्कृष्ट बनेको निर्देशक अमात्यले मिडिया सामु बताए । यो भिडियोले उत्कृष्ट प्रतिकृया दर्शकबाट बटुली रहेको छ।
युवा युवतीको प्रेमको बिषयमा बनाइएको यस गितमा भीमसेन खतिवडा ,लक्ष्मन चौलागाईं ,मना महर्जन , गंगा चौहान, निशा श्रेष्ठ, सबिन जमकटेल,मनोहर बस्नेत साथै सल्विक सुर्खेतीले उत्कृष्ट अभिनय गरेका छन्।


