
पासाङ शेर्पाले आफ्नो फेसबुकमा सबैको मन छुने गरि एउटा खुल्ला पत्र लेखेका छन् |
सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु तपाईको यो कार्यकालमा देश र जनताको लागि धेरै राम्रा कामहरु भएका छन । “सुखी नेपाली-समृद्ध नेपाल” को परिकल्पनाकारको हैसियतले तपाईंले देश र जनताको लागि गर्नु भएको हरेक कामको मुक्तकन्ठाले प्रशंसा गर्दै यहाँको दिर्घायु र सु-स्वास्थको कामना गर्दछु ।
तपाईंको यो सफल कार्यकाललाई विफल बनाउन तपाईंकै आसपासका मान्छेहरु तल्लिन छन भन्ने तत्थ त समाननिय प्रधानमन्त्रीज्युले पनि गोकुल बास्कोटा कान्ड, वालुवाटार काण्ड, एन्सेल कान्ड लगायतबाट बुझिसक्नु भएको छ भन्ने कुरा मैले विस्वास लिएको छु ।
त्यतिले नपुगेर तपाइकै कार्यकाल फेल गराउन र तपाईंको नेतृत्वमा रहेको सरकारलाई विफल तुल्याउन र जनआक्रोश बढाउनको लागि घोटाला गर्दा करोडौको गर्ने अनि खाडीका ४ वटा देशमा रहेका लाखौ नेपालीहरुलाई राहतको नाममा जम्मा ७० लाख छुट्टाएका छन । यो ७० लाख भनेको खाडी भरीका एक लाख पिडितहरुलाई एक/एक किलो चामल किन्न पनि पर्याप्त नहुने जानाकारी प्रमज्युलाइ अवगत गराउन चहान्छु ।
गर्भवती महिलाहरु, सुत्केरीहरु, वृद्धवृद्धाहरु, कोरोना बाहेकका अन्य विमारीहरु, भिषा रद्द भएका/गरेकाहरु, लामो बेतलवी बिदामा बसेकाहरु, विधार्थीहरु, भिजिटमा आएर अडकेकाहरु आज महिनौ देखि विचल्लीमा छन भने कोरोना बाहेक अन्य कारणले मृत्यु वरण गर्न पुगेका दर्जनौ लाशहरु आफन्त माझ पुगेर सदगदको पर्खाइमा छन। प्राथमिकताको आधारमा विदेशमा रहेका यिनलाइ अविलम्ब नेपाल ल्याउनु बाहेक अर्को विकल्प नरहेको जानाकारी समेत प्रमज्युलाई अवगत गराउन चहान्छु ।
प्रमज्यु, तपाइकै आसपासकाहरुले तपाइलाई सब ठिक छ भनेर भनेका होलान तर सब ठिक नरहेको र अवस्था दिनदिनै नाजुक बन्दै गएको छ । एन आए एन ए र अन्य संस्थाहरु नहुने हो भने तपाईंले सुखी देख्न चाहानु भएको नेपालीहरुको कन्त-बिजोग हुने थियो प्रवासमा, तर एन आर एन ए र अन्य संस्थाहरुले पनि सिमीत समय भन्दा बढी थेग्न सक्दैनन र अब हात उठाउने अवश्थामा पुगिसकेका छन ।
आसेपासेहरुले बनाएको भ्रमको जालो तोडेर प्रमज्युले नेपाली जनताहरु प्रती उत्तरदायी हुँदै यथाशक्य चाडो प्राथमिकताको आधारमा नेपाल ल्याउने वातावरण मिलाइदिनु हुन्छ भन्ने कुरामा म आशावादी छु । बरु युएईबाट आउने हरेक नेपालीहरुको स्वास्थ परिक्षण गरेर हामी पठाउने छौ, त्यसको लागि स्थानिय सरकार तत्पर रहेको छ ।
अन्तमा, यदि राहत पठाउने नै हो भने पुग्ने गरि पठाउन अनुरोध गर्दै एक पटक फेरि यहाँको दिर्घायु र सु-स्वास्थको कामना गर्दछु ।
पासाङ शेर्पा
दुबई-युएई