लोक पप गायक सुनिल गिरीको ‘ए साईंली’ गीतको भिडियो सार्वजनिक भएको छ । आफ्नै शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोमा स्वयम् गिरी र पेमा शेर्पाको अभिनय देख्न सकिन्छ । सुनिल गिरी अफिसियल युट्युबबाट सार्वजनिक भिडियोको दृश्य सम्पादन मनोज कार्कीले गरेका हुन् भने निर्देशन स्वयम् सुनिल गिरीले नै गरेका छन् । यस भिडियो उनले लकडाउन पहिलेनै तयार पारेको सब्द नेपाललाई जानकारी गराए।
तनहुँको शेखाटार गाउँको परिवेशमा तयार गरिएको भिडियोमा अनिल कृष्ण मानन्धरको उत्कृष्ट छायांकन रहेको छ । लोकप्रिय गीत ‘को होला त्यो’ बाट सांगितिक यात्रा सुरु गरेका गायक गिरीले पछिल्लो समय मौलिक परिवेशको गीत ल्याउँदै आइरहेका छन् । यात्राको क्रममा भेटिएकी गाउँले साईंलीलाई आफ्नो नीवनसहयात्री बनाउन फकाउँदै गरेको यात्रीको कथालाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको भिडियोले दर्शकहरुबाट राम्रो प्रतिक्रिया समेत पाइरहेको छ । गाउँ घरको यादमा बिदेशमा अथवा जुनसुकै ठाउँमा हुनुहुन्छ, सुनिल गिरीको यो गीत हेर्नुहोस । (भिडियो हेर्नुस)


