काठमाडौ वर्ल्ड स्कूलले दशौ नेफ्टा फिल्म अवार्डसंग सहकार्य गर्ने


काठमाडौ फाल्गुन १७, आगामी चैत्र २२ गते काठमाडौको  नेपाल चलचित्र प्राबिधिक संघ र  ड्रिम हाई नेपालको  सहकार्यमा टुँडिखेलमा आयोजना  हुन लागेको दशौँ नेफ्टा अवार्डमा काठमाडौ वर्ल्ड स्कुलले सह-प्रायोजन गर्ने भएको छ ।

काठमाडौ वर्ल्ड स्कुल, भक्तपुर स्थित सुर्यविनायक-०७ गुन्डुमा अवस्थित रहेको छ । नेपालकै अन्तरास्ट्रिय स्तरको यस स्कुल ५५ रोपनी जग्गामा आफ्नो भौतिक सुबिधायुक्त भवन  अत्यन्तै  शान्त तथा हरियाली वातावरणमा स्थापित यस शैक्षिक संस्थामा कक्षा १ देखी कक्षा १२ सम्म अन्तरास्ट्रिय किसिमको शिक्षा अध्यापन संगै विभिन्न अतिरिक्त क्रियाकलापमा बिद्यार्थीलाई सहभागी बनाउदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको  कुरा यस बिद्यालयका अध्यक्ष मिथलेश कुमार झाले बताउनुभयो।

“ड्रिम हाई नेपाल” र चलचित्र प्राविधिक संघको सहकार्यमा आयोजनामा हुन लागेको यस अवार्डले सिंगो नेपाली फिल्मी क्षेत्र कला, संस्कृति, साहित्य तथा मनोरन्जनको क्षेत्रमा अतुलनीय भूमिका खेल्ने  प्रति काठमाडौ वर्ल्ड स्कुल व्यवस्थापन समितिका अध्ययक्ष, श्री मिथलेश कुमार झा ले खुसी ब्यक्त गर्दै शुभकामना पनि दिनुभयो।

त्यस्तै ,यस अवार्ड कार्यक्रममा काठमाडौ वर्ल्ड स्कुल संग सहकार्य गर्न पाउनु एक अर्का संस्था प्रतिको सम्मान तथा भूमिका निकै लाभदायी रहने कुरा “ड्रिम हाई नेपाल” का प्रमुख कमल जि.सीले व्यक्त गर्नुभयो।  नेपाली फिल्म क्षेत्रका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहने यस कार्यक्रमको सम्पूर्ण व्यवस्थापकीय जिम्मा लिएको  “फेम नेपाल” का प्रबन्धक विमल पछाई ले जानकारी दिनुभयो।


प्रकाशित : २०७६ फाल्गुन १७, शनिबार १५:०५ गते

धेरै पढिएको

ताजा समाचार