गायक रामकृष्ण ढकालको सम्बन्धविच्छेद भएको छ


काठमाडौं – चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेद भएको छ। जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच बुधवार सम्बन्ध विच्छेद भएको हो। उनले दिएको निवेदनका आधारमा जिल्ला अदालतले बुधवार दुवैको सम्बन्धविच्छेद भएको फैसला सुनाएको हो ।

ढकाल दम्पतीले मंगलवारमात्र जिल्ला अदालतमा सम्वन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका थिए। मुलुकी देवानी संहिता, २०७४ मा भएको व्यवस्थाअनुसार उनीहरूले सम्बन्ध बिच्छेद गरेका हुन्। फैसला अनुसार निलमले रामकृष्णबाट कुनै सम्पत्ति लिने छैनन् भने छोरी रानी ढकाल निलमसँगै रहनेछिन् ।


प्रकाशित : २०७६ पुष ९, बुधबार १७:३६ गते

धेरै पढिएको

ताजा समाचार