मेसीलाई पाँचौपटक गोल्डेन बुट उपाधि


एजेन्सी – बार्सिलोना फरवार्ड लिओनेल मेसीले करिअरमा पाँचौपटक गोल्डेन बुट अवार्ड जितेका छन् । गत सिजन ला लिगमा ३४ गोल गरेका मेसीले युरोपको सर्वाधिक गोलकर्ता बन्दै सो उपाधि जितेका हुन् ।

मेसीले यस उपाधिसँगै पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पनि उछिनेका छन् । रोनाल्डोले हालसम्म चार पटक मात्र उपाधि जितेका छन् । मेसीले मंगलबार एक कार्यक्रममा उपाधि ग्रहण गर्दै आफ्नो करिअरमा यस्तो सफलता हात पार्न सक्नेबारे पहिले नसोचेको बताए ।


प्रकाशित : २०७५ पुष ४, बुधबार २०:४६ गते

धेरै पढिएको

ताजा समाचार