फराकिलो हार नजिक भारत


एजेन्सी । दोस्रो टेष्ट क्रिकेट खेलमा २८७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले चौथो दिनको समाप्तिसम्म पाँच विकेट गुमाएको छ ।मध्यम लक्ष्य पछ्याउँदै आफ्नो दोस्रो इनिङ्स थालेको भारतले चौथो दिन नै मुख्य ब्याट्सम्यान गुमाइसकेको छ । लोकेश राहुललाई शुन्य रनमै गुमाएको भारतले १३ रन हुँदा दोस्रो विकेटको रुपमा चेतेश्वर पुजरालाई चार रनमा गुमाएको थियो ।भारतका लागि अजिंक्या राहानेले ३० रन बनाएर आउट हुँदा मुरली विजय २० रनमा आउट भए भने कप्तान विराट कोहली पनि १७ रनमै क्याच आउट हुन पुगे ।

भारतका लागि अहिले क्रिजमा हनुमा विहारी २४ र रिषव पन्त नौं रनमा अविजित छन् ।

यसअघि अष्ट्रेलियाले आफ्नो दोस्रो इनिङ्स सबै विकेटको क्षतीमा २४३ रन बनाएपछि भारतले २८७ रनको लक्ष्य पाएको थियो । उस्मन खवाजा ७२ रन बनाउँदै अष्ट्रेलियालाई राहत दिएका थिए । बलिङतर्फ भारतका मोहम्मद सामीले ६ विकेट लिए ।

पर्थ स्टेडियममा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङ्समा सबै विकेटको क्षतिम ३२६ रन बनाएको थियो ।

यता, भारतले भने आफ्नो पहिलो इनिङ्समा सबै विकेटको क्षतिमा २८३ रन मात्रै बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले १२३ रन बनाउँदै उकासेका थिए ।

 

 

 


प्रकाशित : २०७५ पुष २, सोमबार १८:४४ गते

धेरै पढिएको

ताजा समाचार