अन्जु पन्तको  ‘‘तिमीलाई माया गर्छु.


काठमाडौं–  अन्जु पन्तको  ‘‘तिमीलाई माया गर्छु..’’ बोलको गीत सार्वजनिक भएको छ। शुक्रबार नेपाल पुलिस क्लवमा आयोजित एक कार्यक्रमका बिच उक्त गीत सार्वजनिक गरिएको हो।

टेक तामाङको शब्द तथा अजुर्न पोखरेलको संगीत रहेको गीतको भिडियोमा गायिका अन्जु पन्त आफै‌ं फिचर भएकी छन्।

सार्वजनिक भिडियोमा सान थापाको निर्देशन, राजिभ समरको कोरियोग्राफी तथा अनिल के. मानन्धरको छायांकन रहेको छ। भिडियोलाई अन्जु पन्तको अफिसियल युट्युव च्यानलमार्फत बजारमा ल्याइएको हो।

भिडियाे


प्रकाशित : २०७५ पुष १, आईतवार १३:२७ गते

धेरै पढिएको

ताजा समाचार