‘२०१९ को विश्वकप भ्रष्टाचार मुक्त हुन्छ,‘म्याच फिक्सिङ’ हुने सम्भावना छैन’


एजेन्सी  – विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीका मुख्य कार्यकारी डेविड रिचर्डसन्ले सन २०१९ को विश्वकप भ्रष्टाचार मुक्त हुने दावी गरेका छन् ।म्याच फिक्सिङका विषयमा लगातार खेलाडीहरुसँग जानकारी लिने काम चलिरहेकाले आउँदो विश्वकप भ्रष्टाचारमुक्त अर्थात ‘म्याच फिक्सिङ’ हुने सम्भावना नभएको दावी गरेका हुन् ।

आईसीसीको भ्रष्टाचार निरोधक एकाई एसीयूले फिक्सिङविरुद्ध कडा कदम चाल्न सक्रियरुपमा लागेकाले क्रिकेटको विकासका लागि फिक्सिङ नहुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आईसीसी सरकारसँग मिलेर म्याच फिक्सिङमा सामेल हुनेलाई जेलमा राख्ने गरि कानुन बनाउन अपिल गर्दछ,’ ‘हामी थप भन्न चाहन्छौं विश्वका हरेक सरकारले म्याच फिक्सिङ कानुनी अपराध भएकाले कडा भन्दा कडा कानुन बनाउन जरुरी छ ।’


प्रकाशित : २०७५ मंसिर २८, शुक्रबार २०:२७ गते

धेरै पढिएको

ताजा समाचार