ज्योतिष हरिहर अभिनित ’शुभ लभ’ को पोस्टर सार्वजनिक


चर्चित युवा ज्योतिष हरिहर अधिकारि अभिनित चलचित्र ’शुभ लभ’ को पोस्टर सार्वजनिक भएको छ । चलचित्रको सार्वजनिक गरिएको फर्स्ट लूकमा चलचित्रका मुख्य पात्र नव नायक हरिहर अधिकारी र नायीका कृष्टिन पौडेललाई देख्न सकिन्छ । यि दुबैको यो पहिलो चलचित्र हो ।


बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा हरिहर अधिकारिको कथा रहेको छ भने चलचित्रका प्रस्तुतकर्ता प्रदिपकुमार उदय हुन् ।

चलचित्रलाई सन्तोश कुमार लोहनीले निर्देशन गरेका छन । चलचित्रमा हरिहर र कृस्तीनका अलवा सूर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रविन्द्र झा, प्रदिप बास्तोला लगायतका कलाकारको मुख्य भूमिका छ । त्यस्तै चलचित्रमा अभिमन्यू निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायांकन रहेको छ ।


प्रकाशित : २०७५ मंसिर २८, शुक्रबार १२:४४ गते

धेरै पढिएको

ताजा समाचार