‘नाच मायामा’ कम्मर मर्काउँदै दयाहाङ र गौरव


चलचित्र ‘साइँली’को ‘नाच माया’ बोलको गीत सार्वजनिक भएको छ । हेमन्त रानाको स्वर रहेको गीतमा सुशान्त गौतमले संगीत भरेका छन् । हर्क साउदको शब्द, रिकेश गुरुङको संगीत रहेको गीतको भिडियोमा दयाहाङ राई, मेनुका प्रधान र गौरव पहारी फिचर्ड छन्। गीतमा कोरियोग्राफी विक्रम स्वरको रहेको छ ।
चैत्र १५ गते प्रदर्शन हुने चलचित्रमा रामबाबु गुरुङ लेखन र निर्देशन रहेको छ । चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिप सिंह, प्रकाश घिमिरे, पुस्कर गुरुङ, सरोज अर्याल, अरुणा कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा काली प्रसाद बाँस्कोटा, सुशान्त गौतमको संगीत रहेको छ भने गायन हेमन्त राणा, काली प्रसाद बाँस्कोटा र सुशान्त गौतमको रहेको छ । छायांकन शैलेन्द्र डि कार्कीको रहेको छ भने सम्पादन निमेश श्रेष्ठको रहेको छ ।


प्रकाशित : २०७५ मंसिर २३, आईतवार १७:३१ गते

धेरै पढिएको

ताजा समाचार