काठमाडौं ।सरस्वती युथ क्लबलाई पराजित गर्दै थ्रीस्टार क्लब शहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । हलचोकस्थित एपीएफको खेल मैदानमा बुधबार सम्पन्न खेलमा थ्रीस्टार क्लबले सरस्वती युथ क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । थ्रीस्टारको जितमा रञ्जित धिमाल र निराजन खड्काले गोल गरे । यता सरस्वतीका लागि भने भिक्टोर अमोभीले गोल गरेका थिए ।जितसँगै दोस्रो स्थानमा उक्लिएको थ्रीस्टारले उक्लिदा मनाङसँग अंक दूरी घटाएको छ । ६ खेलबाट थ्रीस्टारको १५ अंक भएको छ भने सबै खेल जितेको मनाङ १८ अंकसहित शीर्ष स्थानमा छ ।
प्रकाशित : २०७५ मंसिर १९, बुधबार १९:२९ गते


