एभरेष्ट प्रिमियर लिगमा अन्तर्राष्ट्रिय चियर राखिने


काठमाडौं – शनिबारबाट काठमाडौंमा सुरु हुने एभरेष्ट प्रिमियर लिगमा अन्तर्राष्ट्रिय चियर लिडरहरु आउने भएका छन् । किंगफिसरले पत्रकार सम्मेलन गर्दै दर्शकको उपस्थितिलाई विशेष ख्याल गर्दै चियर लिडरहरु ल्याउन लागेको जानकारी दिएको । यसले प्रतियोगिताको स्तर उकास्न समेत उल्लेख्य योगदान पुग्ने विश्वास किंगफिसरको छ । चियर लिडरहरु ल्याउनुको उद्धेश्य दर्शकलाई खेलसँगै मनोरञ्जन पनि प्रदान गर्नु हो । एभरेष्ट प्रिमियर लिगको यो संस्करण शनिबारदेखि शुरु हुँदैछ । पहिलो खेल विराटनगर वारियर्स र ललितपुर प्याट्रिअट्सबीच हुनेछ ।


प्रकाशित : २०७५ मंसिर १९, बुधबार १८:४४ गते

धेरै पढिएको

ताजा समाचार