श्रृंखला खतिवडाले भ्रखरै हात पारिन यी दुइ ठुला अवार्ड, मिस वल्र्ड बन्ने सम्भावना उच्च


काठमाडौँ – मिस नेपाल श्रृंखला खतिवडाले दुइ ठुला अवार्ड जित्दै मिस वर्ल्ड २०१८ प्रतियोगिताको फाइनलमा पुगेकी छन्।

श्रृंखलाले मल्टिमिडिया फाइनालिस्टमा केन्या र मेक्सिकोलाई हराउँदै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन्। त्यस्तै उनले ‘ब्युटी वीथ अ पर्पज’को अवार्ड पनि हात पार्न सफल भएकी हुन्। त्

मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत उत्कृष्ट ५ मा परेका थिए। त्‍यसमध्‍ये फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याको नाम परेको थियो। तर त्‍यसमा पनि प्रतिस्पर्धा गर्नु पर्ने भयो।

अन्तत श्रृंखला आधिकारिक रुपमा मिस वल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल भइन्। यसअघि मिस सिंगापुर पेह विजेता बन्दै अन्तिम ३० का लागि छानिएकी थिइन् । तर शृङ्खलाका लागि अन्तिम ३० मा पर्ने बाटो भने सकिएको थिएन।


प्रकाशित : २०७५ मंसिर १७, सोमबार २१:१८ गते

धेरै पढिएको

ताजा समाचार