टी–१० लिगको उपाधि नर्थन वारियर्सले जित्यो


एजेन्सी – यूएईमा सम्पन्न टी–१० लिगको उपाधि नर्थन वारियर्सले जितेको छ । वारियर्सले फाइनलमा पख्तुन्सलाई २२ रनले पराजित गर्दै उपाधि जितेको हो । जितका लागि १ सय ४१ रनको लक्ष्य पछ्याएको पख्तुन्सले ७ विकेटको क्षतिमा मात्र १ सय १८ रन बनाउन सक्यो । पख्तुन्सको लागि आन्द्रे फ्लेचरले १८ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ३७ रन बनाए ।

त्यस्तै शफिकउल्लाह २६, कप्तान शाहिद अफ्रिदीले १७ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याटम्यानले राम्रो राम्रो प्रर्दशन गर्न सकेनन् । नर्थनलाई उपाधि जिताउन क्रिस ग्रीनले घातक बलिङ्ग गरे । उनले २ ओभरमा ११ रन खर्चेर २ विकेट हात पारे । त्यस्तै हार्डसले २, आन्द्रे रसेल र रभी बुपराले समान एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नर्थनले ३ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो । टी–१० लिगमा नेपाली लेग स्पिनर सनदीप लामिछानेको टिम केरला किंग्सले खराव प्रर्दशन गरे पछि समुह चरणबाट बाहिरिएको थियो । त्यस्तै सन्दीपले पनि टी–१० लिगमा खराव प्रर्दशन गरे । सन्दीपले ६ खेलमा १ सय ४९ रन खर्चेर ६ विकेट हात पारे ।

 

 


प्रकाशित : २०७५ मंसिर १७, सोमबार १६:३७ गते

धेरै पढिएको

ताजा समाचार